लुम्बिनी प्रदेश अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका एक महत्वपुर्ण नगरपालिका हो । महाराजगञ्ज नगरपालिका कपिलवस्तुको विचमा अवास्थीत छ । यस नगरपालिकाको पुर्वमा कपिलवस्तु नगरपालिका, पश्चिममा कृष्णनगर र शिवराज नगरपालिका रहेका छ । उत्तरमा बुद्धभुमी नगरपालिका छ । दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो नगरपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा मुस्लीम, कुर्मी चौधरी, यादव, पासी,कलवार, चामर, मल्लाह, धोबी, शुक्ला, पाण्डे, गुप्ता, तिवारी, थारु, लगायतका जातजातीहरुको बहुल्यता रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगञ्ज, बलरमावापुर, कुशहवा, हर्दाैना, शिसवा, कजरहवा,बरईपुर, भलवारी र उदयपुर गाविसलाई समेटेर नगरपालिका बनाईएको हो ।
१.१ महाराजगंज नगरपाकिलाको पृष्ठभूमि
यो नगरपालिका लुम्बिनी अन्चल, कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो नगरपालिका साविक महाराजगंज, शिसवा, बरईपुर, कजरहवा, भलवारी, कुशहवा, हरदौना, उदयपुर र बलरमवापुर गा.वि.स. हरु मिलि बनेको नगरपालिका हो ।
१.२ महाराजगंज नगरपालिकाको संक्षिप्त परिचय
नामःमहाराजगंज नगरपालिका
क्षेत्रफल (वर्ग कि.मि.):११२.२१
केन्द्रःसाविक महाराजगंज गा.वि.स. को कार्यालय
वडा संख्या:११
जनसंख्या ( २०७८ को जनगणना अनुसार):५४८००
जनघनत्व : ४८८.३७
१.३ सिमाना
पुर्व कपिलवस्तु बुद्धभूमि न.पा र यशोधरा गा.पा.पश्चिमः कृष्णनगर र शिवराज न.पा.
उत्तर: शिवराज र बुद्ध भुमी न.पा.दक्षिण: भारत
१.४ जनसंख्या सहितको वडा बिभाजन
बडा नं.    समावेश भएको साविक गा.वि.स.। वडा हरु    साविक वडाहरु    जनसंख्या (रा.ज.म. २०५८)    जनसंख्या(रा.ज.म. २०६८)
१    महाराजगंज    १, २, ८    ४८१९    ५८८२
२    महराजगंज    ३, ४, ५    ५९५०    ६१९९
३    महराजगंज    ६, ७, ९    ३७४०    ४२२५
४    बरईपुर    १–९    २७६९    ३३७१
५    उदयपुर    १–९    ३५१८    ४२३८
६    भलवारी    १–९    ४२१६    ४८७८
७    कुशहवा    १–९    ४३४५    ४९७२
८    कजरहवा    १–९    ४१९४    ४६३८
९    शिसवा    १–९    ५८९०    ६७८५
१०    हरदौना    १–९    ४०६४    ४८४१
११    बलरमवापुर    १–९    २०३७    ४७७१
जम्मा            ४५५४२    ५४८००
श्रोतः राष्ट्रिय जनगणना २०५८, २०६८ स्थानीय तह पुनसंरचना समितिको प्रतिवेदन
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    