FAQs Complain Problems

महाराजगञ्ज नगरपालिका परिचय

लुम्बिनी प्रदेश अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका एक महत्वपुर्ण नगरपालिका हो । महाराजगञ्ज नगरपालिका कपिलवस्तुको विचमा अवास्थीत छ । यस नगरपालिकाको पुर्वमा कपिलवस्तु नगरपालिका, पश्चिममा कृष्णनगर र शिवराज नगरपालिका रहेका  छ । उत्तरमा बुद्धभुमी नगरपालिका छ । दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो नगरपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा मुस्लीम, कुर्मी चौधरी, यादव, पासी,कलवार, चामर, मल्लाह, धोबी, शुक्ला, पाण्डे, गुप्ता, तिवारी, थारु, लगायतका जातजातीहरुको बहुल्यता रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगञ्ज,  बलरमावापुर, कुशहवा, हर्दाैना, शिसवा, कजरहवा,बरईपुर, भलवारी र उदयपुर गाविसलाई समेटेर नगरपालिका बनाईएको हो ।

१.१ महाराजगंज नगरपाकिलाको पृष्ठभूमि

यो नगरपालिका लुम्बिनी अन्चल, कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो नगरपालिका साविक महाराजगंज, शिसवा, बरईपुर, कजरहवा, भलवारी, कुशहवा, हरदौना, उदयपुर र बलरमवापुर गा.वि.स. हरु मिलि बनेको नगरपालिका हो ।

१.२ महाराजगंज नगरपालिकाको संक्षिप्त परिचय

नामः–  महाराजगंज नगरपालिका
क्षेत्रफल (वर्ग कि.मि.)ः– ११२.२१
केन्द्रः– साविक महाराजगंज गा.वि.स. को कार्यालय
वडा संख्या ः– ११
जनसंख्या ( २०६८ को जनगणना अनुसा)ः– ५४८००
जनघनत्व ः– ४८८.३७

१.३ सिमाना

पुर्व कपिलवस्तु बुद्धभूमि न.पा र यशोधरा गा.पा.  पश्चिमः कृष्णनगर र शिवराज न.पा.
उत्तर शिवराज र बुद्ध भुमी न.पा.           दक्षिण  भारत

१.४ जनसंख्या सहितको वडा बिभाजन

बडा नं.    समावेश भएको साविक गा.वि.स.। वडा हरु    साविक वडाहरु    जनसंख्या (रा.ज.म. २०५८)    जनसंख्या(रा.ज.म. २०६८)
१    महाराजगंज    १, २, ८    ४८१९    ५८८२
२    महराजगंज    ३, ४, ५    ५९५०    ६१९९
३    महराजगंज    ६, ७, ९    ३७४०    ४२२५
४    बरईपुर    १–९    २७६९    ३३७१
५    उदयपुर    १–९    ३५१८    ४२३८
६    भलवारी    १–९    ४२१६    ४८७८
७    कुशहवा    १–९    ४३४५    ४९७२
८    कजरहवा    १–९    ४१९४    ४६३८
९    शिसवा    १–९    ५८९०    ६७८५
१०    हरदौना    १–९    ४०६४    ४८४१
११    बलरमवापुर    १–९    २०३७    ४७७१
जम्मा            ४५५४२    ५४८००
श्रोतः राष्ट्रिय जनगणना २०५८, २०६८ स्थानीय तह पुनसंरचना समितिको प्रतिवेदन

 

वडा अध्यक्षहरु

  • वडा नं १ प्रमोद कुमार चौधरी ९८४७०३८०२१
  • वडा नं २ उजेर अली ९८१७४५५७७४
  • वडा नं ३ नैन दास मुराउ ९८४७२८५५८६
  • वडा नं ४ शैलेन्द्रनाथ शुक्ल ९८०५४०३९७१
  • वडा नं ५ छेदी प्रसाद कुर्मी ९८१९४०१६४२
  • वडा नं ६ राम सिंह कुर्मि चौधरी ९८४७०८५५०६
  • वडा नं ७ रामरुप बढई ९८१९४१६७५७
  • वडा नं ८ योगेन्द्र कुमार के.सी. ९८५११९४०५०
  • वडा नं ९ फरीद अहमद मुसलमान ९८०४४४९२९०
  • वडा नं १० शैलेन्द्र कुमार चौधरी ९८०२६४७३८७
  • वडा नं ११ धमेन्द्र कुमार पुरी ९८१५४७५९९७